बजार संक्षेप

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

    2019-06-17

काठमाडौं- काठमाडौंमा आयोजित कपालको सौन्दर्यसम्बन्धी आफ्नो मेगा शो  ‘हेयर एन्ड बियोन्ड’को २०१९ को संस्करणमा यो संग्रह सार्वजनिक गरिएको हो। आर्गन सेक्रेट्स हेयर कलर, क्यान्भोलाइन स्ट्रेट्निङ क्रिम र होल्ड एन्ड प्ले स्टाइलिङ श्रृङ्खलाजस्ता उत्पादन प्रयोग गरेर आजका फेशन प्रति जागरुक महिलाहरूका लागि परिस्कृत रेट्रो रिमिक्सका श्रृङ्खला तयार पार्न खैरो, सुनौलो र सुनौलो खैरोे (ताम्र रंग)का मिश्रण तथा खैरो सेडको मिश्रण प्रयोग गरिएको छ।

स्ट्रिक्सका नयाँ संकलन ल्याइएको घोषणा गर्दै हाइजिन रिचर्स इन्स्टिच्यूटको प्रोफेसनल विभागकी प्रमुख श्रीमती रोशेल छाबडाले भन्नु भयो, “स्ट्रिक्स प्रोफेसनल यो नयाँ भिन्टेज श्रृङ्खला प्रस्तुत गर्नमा गर्व महसुस गरिएको छ, जुन ७०को दशकमा पश्चिममा मर्लिन मुनरो, अड्री हेप्बर्न तथा पूर्वमा जीनत अमान र हेमा मालिनीजस्ता ग्लामर आइकनहरूका लागि बनाइएका कपालका सौन्दर्य शैली (हेयरस्टाइल)हरूबाट प्रभावित छ। हाम्रो संकलन, जसले खैरो रंगको सेडहरूलाई उजगार गर्छ, यो विशेष रूपमा फेशनप्रति जागरुक महिलाहरूका लागि डिजाइन गरिएको हो। यो पुरानो विश्वको आकषर्ण र समकालीन ताजगीको मिश्रण हो र रेट्रो रिमिक्स पुरानो र नयाँको संगम हो।”


नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन । उनले आफ्नो रेट्रो सजावटयुक्त केश विन्यासबाट मुग्ध तुल्याइन भने अन्य मोडलहरू पनि आफ्ना पुरानो शैलीमा आकर्षक देखिएका थिए । यस कार्यक्रममा विभिन्न प्रकारका हेयर स्टाइलहरूको प्रदर्शन गरियो, जसमा रोमान्टिक अम्बर रेट्रो चिग्नोन, बफेट फड्ज स्लिक, द डार्क चकलेट प्रेसिजन बब, अन डन बिज मेसी पोनीटेल, जिप्सी ट्यांगरिन ब्लण्ड हार्ट सेप्ट ब्रेडलगायतका थिए, यी सबै शैलीहरू यसै संकलनका उत्पादनहरूबाट तयार गरिएको थियो ।
यस ब्रान्डले यसअघि नै भारतको नयाँ दिल्ली र कोलकातामा अन्तर्राष्ट्रिय सेलिब्रेटी स्टाइलिस्ट जोकिम रुसको उपस्थितिमा हेयर एन्ड बियोन्ड सेमिनारको आयोजना गरिसकेको छ । काठमाडौंपछि रेट्रो रिमिक्सका प्रस्तुति मुम्बई, चेन्नइ, देहरादुन, जम्मु, अहमदावाद, विजयवाडा, बेंगलोर, जयपुर, फरिदावादसहितका भारतीय सहरहरूमा आयोजना हुनेछ ।


 

यसमा तपाईको मत