बजार संक्षेप

आशा लघुवित्तको तालिम

    2019-07-12

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ ।
शाखा कार्यालय बिर्घा स्याङ्जामा आबद्ध सदस्यमध्ये आठजना महिलालाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालै संस्थाले विभिन्न शाखा कार्यालयमार्फत झण्डै एक हजार पाँच सय ५६ जना विपन्न महिलालाई यस प्रकारका सीपमूलक तालिम प्रदान गरिसकेको जनाएको छ ।
२८ जिल्लाका ४५ शाखा कार्यालयमार्फत ४७ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको संस्थाको दाबी छ ।
 

यसमा तपाईको मत