बजार संक्षेप

रमाइलो डाँडामा ग्लोबल आइएमई बैंकको शाखा

  नागरिक   2019-11-07

काठमाडौं– ग्लोबल आइएमई बैंकले प्रदेश नम्बर १ को ओखलढुंगास्थित सिद्धिचरण नगरपालिका वडा नम्बर ११ रमाइलो डाँडामा शाखा विस्तार गरेको छ । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा विस्तार गर्दै लगेको बैंकले जनाएको छ ।
अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्म बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउनमा सहयोग पुर्याउदै आएको जनाएको छ ।
अब ग्लोबलको शाखा संख्या एक सय ४९ पुगेको छ । यसले ३० राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, एक सय ५० एटिएम र एक सय ९३ शाखारहित बैंकिङ एकाइमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत