बजार संक्षेप

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

  नागरिक   2020-01-27

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । सभामा बोल्दै मन्त्री खतिवडाले बैंक अझै प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिएको विज्ञप्ति उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा अन्य वाणिज्य बैंकको तुलनामा अग्रणी रहेको बताएका थिए । 
हाल बैंकले दुई सय ३८ शाखा, दुई सय पाँच एटिएम, २८ एक्सटेन्सन काउन्टर, ९३ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ । वार्षिककोसवको अवसरमा उपहार २०७६ विमोचन गरिएको तथा रक्तदान, प्रभातफेरी लगायत विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।


 

यसमा तपाईको मत