बजार संक्षेप

एनसेलमा ५० प्रतिशत छुट

  नागरिक   2020-01-01

काठमाडौं– एनसेल ग्राहकका लागि सन् २०२० को पहिलो दिन विशेष हुने भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले उक्त दिन ग्राहकलाई ५० प्रतिशत छुटमा मासिक डेटा प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवा दिने भएको छ ।
कम्पनीका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मज्जा लिन सक्ने कम्पनीले जनाइएको छ ।
यो योजना अन्तर्गत ग्राहकले करसहित एक हजार २० रुपैयाँ पर्र्ने १६ जिबी प्याक करसहित पाँच सय १० रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, करसहित चार सय ५३ रुपैयाँ पर्ने मासिक ६ जिबी डेटा प्याक दुई सय २६ रुपैयाँमा सुचारु गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत