बजार संक्षेप

टेलिकमद्वारा निःशुल्क फोरजी सिमकार्ड वितरण

  नागरिक   2019-12-02

काठमाडौं– नेपाल टेलिकम १३औं दक्षिण एसियाली खेलकुद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले साग प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ । 
काठमाडौं, जनकपुर र पोखरामा हुने खेलमा सहभागी हुने सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि कम्पनीले चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
सागमा भाग लिन आउने खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै काउन्टर राखी साग आयोजक कमिटीले सिम वितरण गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्ल्ेख छ ।
कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको पनि जानकारी गराएको छ । 

यसमा तपाईको मत