बजार संक्षेप

मनकामना दर्शनको २१औं वार्षिकोत्सव

  नागरिक   2019-11-25

काठमाडौं– मनकामना दर्शन प्रालिले २१औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको सहभागितामा उक्त कार्यक्रम समपन्न भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा कर्मचारीका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम लगायत आयोजना गरिएकोे छ । कम्पनीले सोही अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्रको विजेता पनि घोषणा गरेको छ । लक्की ड्रमार्फत टिकट नम्बर २७६७७२१३१४९ ले प्रथम पुरस्कारमा एलजी ४३ इन्च टेलिभिजन प्राप्त गरेको छ भने टिकट नम्बर १७६७७२३८०३ ले दोस्रो पुरस्कारमा एलजी ३२ इन्च टेलिभिजन तथा टिकट नम्बर १७६७७२४३७८ ले तृतीय पुरस्कारमा सामसङ स्मार्टफोन जितेको छ ।
हाल कम्पनीले वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिनटारबाट गोरखास्थित मनकामना मन्दिरसम्म केबलकार सेवा दिँदै आएको छ ।

यसमा तपाईको मत