बजार संक्षेप

२०१९ कतार एयरवेजको अत्यन्तै सफल वर्ष

  नागरिक   2020-01-03

दोहा– कतार एयरवेज सन् २०१९ आफ्नो लागि निकै सफल वर्ष रहेको जानकारी दिएको छ । गत वर्ष उसले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान थप गरेको थियो । 
विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौंपटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काइट्रेक्स पुरस्कार प्राप्त गर्नु कम्पनीको २०१९ को सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको विज्ञप्तिमा उल्लेख छ । त्यससँगै कतार एयरवेज उक्त पुरस्कारद्वारा पाँचौंपटक सम्मानित हुने एकमात्र वायुसेवा प्रदायक बनेको विज्ञिप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत