बजार संक्षेप

भक्तपुरमा ११ दिने मेला सुरु

  नागरिक   2019-12-01

भक्तपुर– भक्तपुरको महेश्वरी खेल मैदानमा ११ दिने मेला सुरु भएको छ । मेला २३ गतेसम्म चल्नेछ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ सुरु भएको हो  ।
ममता केन्द्र नेपालले आयोजना गरेको मेला उद्घाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गरिन् । कार्यक्रममा उनले पर्यटन प्रवद्र्धन गर्न हुने यस्ता मेला, महोत्सवले विभिन्न जात–जातिको संस्कृति आदानप्रदान गर्न सहज हुने बताइन् । 
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष उकेश कावांले महेश्वरी खेलमैदानमा भएको उक्त मेलाका कारण यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा विभिन्न संस्कृतिका झाँकी एवं बोन्बो प्रस्तुति गरिएको थियो । मेलामा विभिन्न राष्ट्रिय कलाकारले प्रस्तुति दिनेछन् । 

यसमा तपाईको मत