बजार संक्षेप

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

    2019-08-19

काठमाडौँ- सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो भीडलाई आकर्षित गरेको छ।उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायक सँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनः गाउन अनुरोध गरे जुन सुशान्तले स्वीकार गर्दै उनीहरुलाई मनोरञ्जन प्रदान गरेको जानकारी कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरु गाउनुको साथै आफ्नो प्रशसंकहरुलाई छिट्टैनै बजारमा आउन लागेको नयाँ गीत “रङ्गीन” पनि प्रस्तुत गरेको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।

फ्रेन्डसीप महिना अभियान अन्तर्गत सोमस्र्वीले  विशेष अतिथीको रुपमा ५० जना भाग्यशाली विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको तथा भाग्यशाली विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनौट गरिएको थियोे जहाँ उनीहरु सुशान्तसँग नजिक हुनका साथै निशुल्क खाना र सोमस्र्वी साथमा खाएको जानकारी दिइएको थियो।

गोर्खा ब्रुअरी प्रा.लि.का मार्केटिंग म्यानेजर रोजन अमात्यका अनुसार “यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ , उनको हरेक गीतमा सबै दर्शकहरु एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ की सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएकोे छ ” जानकारी दिइएको छ। 

सोमस्र्वीले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी. लाई अगस्ट २०१९ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ। सोमस्र्वीले धरान, बुटवल, पोखरा र नारायणगढ लगायत विभिन्न शहरहरुमा यही अगस्ट महिनामा"Sing with Sushant" आयोजना गर्ने जानकारी उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।


 

यसमा तपाईको मत