अटो विशेष

याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

  नागरिक   2021-09-13

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुईवटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ। याडियाको आधिकारिक विक्रेता कुजु नेपालले यो स्किम सार्वजनिक गरेको हो।

कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई दुई हजार रूपैयाँ बराबरको फुड भौचरको साथै, ब्याज नलाग्ने स्किम पनि दिएको छ। जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त ब्याज लाग्ने छैन। एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत