बजार संक्षेप

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

  नागरिक   2019-10-04

काठमाडौं– रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रवद्र्धन योजना ल्याएको छ । 
यो प्रवद्र्धनमा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिट्यान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।
सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले प्राप्त रकमको दोब्बर नगद जित्न सक्नेछन् । उक्त रकम बढीमा ५० हजार मात्र हुनेछ र १६ नोभेम्बरसम्म लागू गरिने कम्पनीले जनाएको छ ।
यसबाहेक, प्रवद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबारबाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछ । यसमा एकजना भाग्यशाली विजेताले १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । लक्की ड्रको विजेता २२ नोभेम्बरमा घोषणा गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत