बजार संक्षेप

वर्ल्डलिंकको अफर

  नागरिक   2019-12-08

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । 
हिँउदमा ल्याएको तात्तातो अफरअन्तर्गत १७ हजार पाँच सय रुपैयाँमा ४० एमबिपिएसका सम्पूर्ण वार्षिक ग्राहकका लागि सिजी ब्रान्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निःशुल्क प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस अफरमा ग्राहकले दस हजार चार सय ९० (कुल शुल्कको ३७) बराबरको ब्लोअर हिटर र नेटटिभीको सुविधा निःशुल्क प्राप्त गर्ने बताइएको छ ।   
यो अफर वर्ल्डलिंकका नयाँ, पुराना सबै ग्राहकले पाउने कम्पनीले जनाएको छ । साथै वर्ल्डलिंकका अरु प्याकेजका ग्राहकले पनि न्यूनतम मूल्यमा सिजी ब्रान्डको ब्लोअर हिटर पाउन सक्नेछन् । यो अफर सीमित अवधिका लागि वर्ल्डलिंकको देशभरका शाखाबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यसमा तपाईको मत