ग्याजेट विशेष

भिभोको पहिलो AR ग्लास

  नागरिक   2019-06-26

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी  ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । अहिले चिनको सांघाईमा भइरहेको  MWC अर्थात् मोबाइल वर्ल्ड कांग्रेसमा सो अग्मेन्टेड रियालिटी ग्लासको बारेमा जानकारी दिईएको हो । सो अग्मेन्टेड रियालिटी ग्लासको प्रोटोटाइपको प्रदर्शनी गर्दै भिभोले यस ग्लासको बारेमा अन्य विभिन्न फिचरहरूको बारेमामा पनि जानकारी प्रदान गरेको छ । भिभोको सो ग्लासको नाम भिभो एआर ग्लास राखिएको छ ।

उक्त अग्मेन्टेड रियालिटी  ग्लास निकै हलुका र कम्प्याक्ट रहेको छ जसमा दुईवटा पारदर्शी सिसा राखिएको छ । ट्रयाकिंगका लागि भिभोले 6DoF ट्रयाकिंगको प्रयोग गरेको छ । यो अग्मेन्टेड रियालिटी  ग्लास एउटा स्पेशल तारको सहायताबाट भिभोको नाम नखुलेको एउटा स्मार्टफोनमा कनेक्ट हुनेछ । उक्त नाम नखुलेको स्मार्टफोनले भने फाइभ जी सपोर्ट गर्नेछ, जुन स्मार्टफोनलाई भिभोले यस अग्मेन्टेड रियालिटी  ग्लाससँगै देखाएको छ ।

भिभोका अनुसार उक्त अग्मेन्टेड रियालिटी  ग्लासमा पाँचवटा प्रयोग विधिहरू रहनेछ । यस अग्मेन्टेड रियालिटी  ग्लासलाई प्रयोगकर्ताले गेमिंग, अफिस सम्बन्धि काम, “5G थिएटर”, अनुहार पहिचान र अब्जेक्ट पहिचानका लागि प्रयोग गर्न सक्नेछन् । भिभोले यही अग्मेन्टेड रियालिटी  ग्लास सम्बन्धि प्रोमोस्नल भिडियो पनि सार्वजनिक गरेको छ जसमा एक प्रयोगकर्ताले सोफामा बसेर अग्मेन्टेड रियालिटी गेम खेलेको देखाइएको छ ।

भिभोले यस अग्मेन्टेड रियालिटी  ग्लासको  मूल्य र रिलीज  मिति सार्वजनिक गरेको छैन । तर भिभोले देखाएको 5G स्मार्टफोन भने यहि वर्षको बीच तिर रिलीज हुने भएको छ । भिभोले स्मार्टफोन बाहेक पनि थुप्रै अन्य उपकरण र ग्याजेटहरू रिलीज गरेर नयाँ ब्राण्ड रणनीति अपनाउन लागेको छ जस अन्तर्गत भिभोले स्मार्ट वाच, अग्मेन्टेड रियालिटी  ग्लास र हेडफोनहरू पनि रिलीज गर्नेछ ।

यस अग्मेन्टेड रियालिटी  ग्लासले माइक्रोसफ्टको निकै अग्रसर रहेको हलोलेन्सलाई टक्कर दिन सक्छ सक्दैन भन्ने कुरा चाहिँ अहिले भन्न सकिदैन । तर यस अग्मेन्टेड रियालिटी  ग्लासको रिलीजसँगै अग्मेन्टेड रियालिटीको जगतमा प्रतिस्पर्धा बढ्ने निश्चित छ ।

 

यसमा तपाईको मत