बजार संक्षेप

एनसेल मेला इटहरीमा झुमे दर्शक

  नागरिक   2019-12-15

इटहरी-एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीबाट मनोरञ्जन लिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।

आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप एनसेलले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ यो मेला आयोजना गरेको हो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा बिहान ११ बजे शुरु भई गीतसंगीत सहित साझँसम्म चलेको कम्पनीले उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।

मेलामा आन्तरिक पर्यटन प्रवर्धन गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्धन गरिएको थियो । चर्चित गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप उर्जा थपेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।

इटहरीमा एनसेल मेलाको अवसर पारी एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेताहरुलाई पुरस्कार स्वरुप बाइक पनि हस्तान्तरण गरेको छ । यस योजनाको प्लाटिनम समुह अन्तर्गत प्यासेफिक मार्केटिङ र फ्रेन्डस् कम्युनिकेशनले १–१ थान बाइक जित्न सफल भएको कम्पनीले जनाएको छ।

मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीहरु, गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअल जोन केही विषेश आकर्षणहरु थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु रहेका थिए ।

थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरु भरपुर मनोरञ्जन लिईरहेका देखिन्थे । मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

यो मेला मंसिर ३० गते (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदानमा आयोजना हुने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  

यसमा तपाईको मत