ग्याजेट विशेष

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

  नागरिक   2020-02-24

विन्डोज अपरेटिंग सिस्टममा  किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |


विन्डोज बटनसँगको सटकर्टहरु

Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ |


Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
Windows Key + . : इमोजी मेनु खोल्न
Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
Windows Key + S: सर्च गर्न
Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
Windows Key + PrtSrc : स्क्रिनसट लिन
Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न

 

Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु

Ctrl + C: टेक्स्टलाई कपी गर्न
Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
Alt + Left arrow : पछाडी आउन
Alt + Right arrow : अगाडि जान
Alt + Enter : जानकारी देखाउन
Alt + Spacebar: अप्सन मेनु खोल्न
Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न

 

 

एकमात्र बटन थिचेर हुने सटकर्टहरु


F1 : सहयोग मेनु खोल्न
F2: फाइलको नाम परिवर्तन गर्न
F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
F5: रिफ्रेश गर्न

F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Delete / Del: केहि कुरा डिलिट गर्न
Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न


इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु

F5: ट्याब रिलोड गर्न
Ctrl + F: मन लागेको शब्द सर्च गर्न
Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न     
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न

 

यसमा तपाईको मत