बजार संक्षेप

देवः विकास बैंकद्वारा दुई शाखा विस्तार

  नागरिक   2019-11-29

काठमाडौं– देवः विकास बैंकले नवरपरासीको कावासोती नगरपालिका वडा नं २ स्थित कावासोती र धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित धादिङवेशीमा शाखा विस्तार गरेको छ । 
कावासोती शाखाको बैंक सञ्चालक समितिका सदस्य सुदनरत्न बज्राचार्य र धादिङ शाखाको बैंक सञ्चालक समितिका सदस्य विजयराज शर्मा भुषालले उद्घाटन गरेकोे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शाखा विस्तारबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ सेवा प्रदान गर्न सहज तथा सेवाग्राही थप लाभान्वित हुने विश्वास रहेको बैंकले जनाएको छ ।
बैंकले गत महिना बाँकेको रिमझिममा पनि थप शाखा विस्तार गरेको जनाएको छ ।
 

यसमा तपाईको मत