अटो विशेष

टिभिएसको नयाँ मोडल सार्वजनिक

  नागरिक   2021-09-10

नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर २०० फोरभीको फस्र्ट इन क्लास राइडिङ मोड्स, आरटी–एफआई, बिएस–भिआई र एबिएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।  

उक्त मोटरसाइकलमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक सुविधा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीनवटा मोड छन्, जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने बताइएको छ । यो मोटरसाइकल पहिलाको भन्दा फरक फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको बताइएको छ । 

यसमा तपाईको मत