बजार संक्षेप

टिभिएसको ह्विली बिट्स

  नागरिक   2019-09-20

काठामाडौं– नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ ।
सो अवसरमा जगदम्बा मोटर्सले नेपालको मुख्यमुख्य सहरमा टिभिएस ह्विली बिट्स नामको कार्यक्रम सुरु गरेको छ । कम्पनीले बिर्तामोड–१ को टिभिएस सोरुम अगाडि टिभिएस ह्विली बिट्सका साथै टिआरटी १६० २भी एन्ड रेडिएन ११० कार्यक्रम अन्तर्गत रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री, प्रकाश अधिकारी, भिम होना र गौरब पाठकले स्टन्ट सो प्रस्तुत गरेको जनाएको छ । उक्त अवसरमा चर्चित हास्य कलाकार कृष्ण लुइँटेल र दिनेश काफ्लेको पनि प्रस्तुति रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत