अटो विशेष

टेरेक्सफिन्लेको हाइब्रिड क्रसर

  नागरिक   2021-09-13

नेपालको लागि आधिकारिक विक्रेता मानश्री टे«डिङ इन्टरप्राइजेज प्रालिले बहुराष्ट्रिय कम्पनी टेरेक्स्फिन्लेको नेपाली बजारमा पहिलोपटक हाइब्रिड प्रविधिको क्रसर बिक्री सुरु गरेको जनाएको छ। यी क्रसरहरू भारतमा निर्माण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

हाइब्रिड प्रविधिको क्रसर डिजल र बिजुली दुवैबाट चलाउन सकिने कम्पनीले जनाएको छ। यसको सञ्चालन खर्च समेत आधा कम रहेको कम्पनीको दाबी छ। 

यसको क्षमता एक सय २५ टनदेखि चार सय टन प्रतिघन्टासम्म छ। भारतमा निर्माण भएकोले यसको पार्टपुर्जा सहजै उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

यसमा तपाईको मत