बजार संक्षेप

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

  नागरिक   2019-11-15

काठमाडौँ- सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो। उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्तर्गतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बिच हस्तान्तरण गरिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत