बजार संक्षेप

टिसाले जितिन माई कार्ड आइडियाज

  नागरिक   2019-10-23

काठमाडौं– लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ प्रतियोगीता टिशा श्रेष्ठले हात पारेकी छन् । करिब ७ सय जना प्रतियोगीलाई पछि पार्दै डिजाइनर श्रेष्ठ प्रथम भएकी हुन् । 
बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक प्रतियोगीतामा मुलुकका सात प्रदेशको संस्कृती, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने गरी नयाँ भिजा कार्डको डिजनाइन बनाउन आव्हान गरेको थियो । गत असार १५ देखी सूरु भएको प्रतियोगिता करिब एक महिनासम्म चलेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय विक्रम शाहले बताए । 
‘क्राउडसोर्सिङको अवधारणा अन्तर्गत बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उदेश्यले प्रतियोगिता सञ्चालन गरेका हौं’ सिइओ शाहले भने, ‘विजेता टिसा श्रेष्ठले डिजाइन गरेका कार्डमा सात वटै प्रदेशको संस्कृती समावेश गरिएकाले उनलाई विजेता घोणा गरेका हौं ।’
पाँच जना निर्णायकले श्रेष्ठको कार्ड उत्कृष्ट डिजाइन घोषणा गरेको उनले बताए । सात प्रदेशका मौलिक तथा सांस्कृतिक सम्पदा झल्कीने यी जिडा कार्ड आगामी एक महिनाभित्र सञ्चालन हुने बताउँदै प्रमुख कार्यकारी अधिकृत शाहले नेपा भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए । 
काठमाडौंको बासबारी निवासी श्रेष्ठ पेशाले डिजाइनर हुन् । करिब एकदशक देखी ‘पेन्टिङ’ गर्दै आएकी उनले भनिन्, ‘फेसवुकवाट प्रतियोगीताको बारेमा थाहा पाएपछि मैले पनि भाग लिएकी थिए । तर, निर्णायक मण्डलले मलाई विजेता घोषणा गरेपछि यो क्षेत्रमा काम गर्न  थप पे्ररणा मिलेको छ ।’
हाल त्रिभुवन विश्व विद्यालयमा स्नाकोत्तर तहमा अध्ययनरत उनले दुई हप्ताको अवधीमा बंैकको भिजा कार्ड डिजाइन गरेको बताईन् । 
बैंकले हाल मुलुकका ४८ जिल्लामा सेवा विस्तार गरेको   । एक सय ४८ वटा शाखा कार्यालयवाट बैंकिङ् सेवा दिदै आएको बैंकका दुई एक्सटेन्सन काउन्टर, चार हस्पिटल काउन्टर, एक सय ४० वटा एटिएम बुथ र दुई हजार पाँच सय रेमिट्यान्स एजेन्ट छन् । बैंकका ६४ शाखा रहित बैंकिङ एजेन्ट रहेका छन् । 
बैंकले सुविधाजनक बचत खाता, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका सेवा दिदै आएको छ । 
 

यसमा तपाईको मत