बजार संक्षेप

वेत्रावतीमा टिम्स चेकपोस्ट

  नागरिक   2019-12-11

काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा सूचना प्रणाली टिम्स चेकपोस्ट उद्घाटन गरेको छ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ वेत्रावतीमा रहेको उक्त चेकपोस्टको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले उद्घाटन गरेका छन् । 
आगामी पुस १६ देखि सञ्चालनमा आउने जनाइएको उक्त पोस्ट मैलुङ–स्याफ्रुबेसी सडक मार्ग तथा सदरमुकाम धुन्चे पासाङल्हामु सडक मार्गको जिरो पोइन्टमा स्थापना गरिएको टानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न र पर्यटकको सुरक्षा गर्ने उद्देश्यले पदयात्रा सूचना प्रणाली लागू गरेको भन्दै टानले टिम्स नेपाल भरका पदयात्रा क्षेत्रमा लागु गन सरकारसंग आग्रहसमेत गरेको छ ।
 

यसमा तपाईको मत