बजार संक्षेप

प्रभुका एकसाथ तीन शाखा

  नागरिक   2020-02-06

काठमाडौं– प्रभु बैंकले बैंकिङ सेवा विस्तार गर्ने क्रममा तीन शाखाको एकसाथ उद्घाटन गरेको छ । 
बैंकले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २, १३ र २६ मा शाखा खोलेको जनाएको छ । वडा नम्बर २ स्थित हरिचोक शाखाको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचन, वडा नम्बर १३ स्थित बाँझापाटन शाखाको सोही वडाका वडाध्यक्ष लेखबहादुर तामाङ तथा वडा नम्बर २६ स्थित अर्घौंचोक शाखाको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले दुई सय आठ शाखा, एक सय ५७ एटिएम, ४३ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

यसमा तपाईको मत