बजार संक्षेप

१९७४ एडीको "निरन्तरता" (भिडियो)

  बिश्वास खनाल   2019-11-11

 

काठमाडौँ- सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। 

शुक्रबार सार्वजनिक भएको १०औ एल्बम निरन्तरता मा सात वटा गीत रहेका छन्। 

१९७४ एडीको २५ वर्ष सांगीतिक यात्रामा एड्रियन प्रधान, फिरोज स्याङ्ग्देन, निराकार याक्थुम्बा, मनोज कुमार केसी, संजय श्रेष्ठ, फेरी एकजुट भएका थिए। 

सन् २००९ मा फिरोज स्याङ्गदेन अमेरिका उठेपछि ब्यान्डको गतिविधिमा असर पर्दै गएको थियो सन् २०१४ मा मनमुटावका कारण एड्रिएन प्रधान ब्याण्ड छाडेका थिए। 

ब्याण्डले यसअघि हजार सपना, टाइम आउट, सम्झी बस्छु, शताब्दी, जंगी निशान, पिजडाको सुगा, लगायत एल्बम सार्वजनिक गरिसकेको छ।  

यसमा तपाईको मत