बजार संक्षेप

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

  नागरिक   2019-11-14

काठमाडौं- नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । दराजले पुरानो वर्षको रेकर्ड तोड्दै यसपालि १.५ लाखभन्दा बढी सामानको व्यापार गरेको जनाएको छ । जसमध्ये ४० प्रतिशत बिक्रेताबाट वितरणका लागि बुझाइसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
यसपालिको ११.११ मा दराजले नेपालभर २४ भन्दा बढी सहरबाट अर्डर पाएको जनाएको छ । त्यसका साथ दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताको उपस्थिति रहकोे उल्लेख छ, जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । सेलको बेला दराजको वेबसाइटमा ५२ लाख ३३ हजार तीन सय ४४ पेज भ्यु रहेको कम्पनीको दाबी छ ।
यसपालिको ११.११ मा तीन हजारभन्दा बढी बिक्रेता तथा ५० हजारभन्दा बढी उपभोक्ता सहभागी रहेको कम्पनीले बताएको छ । 
सबैभन्दा बढी व्यापार गर्ने ब्रान्डमा साओमी, सामसङ, एलजी, अडिडास, टाइटन, टिभिएस, सोनाम गियर्स, जे फिसर लगायत रहेको जनाइएको छ ।
अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कात्तिक २५ गते नेपालमा पहिलोपटक ११.११ आयोजना गरेको थियो । अलिबाबाले यसपालिको ११.११ मा ३८ अर्ब डलरभन्दा बढीको व्यापार गरेको छ । 
 

यसमा तपाईको मत