बजार संक्षेप

टेलिकमको ‘डाटा रोमिङ प्याक’

  नागरिक   2019-10-21

काठमाडौं– नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।
डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी एक सय २५ रुपैयाँमा सय एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । 
यसैगरी, साप्ताहिक प्याकमा सात दिनसम्म प्रयोग गर्न सकिने गरी पाँच सय ५५ रुपैयाँमा पाँच सय एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी एक हजार एक सय २५ रुपैयाँमा एक जिबी डाटा उपलब्ध गराइएको छ । 
कम्पनीले गत भदौ २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ र पर्वको अवसरमा ग्राहकलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत