बजार संक्षेप

टेलिकमको अटम अफर सार्वजनिक

  नागरिक   2019-10-18

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । यो अन्तर्गतको सेवा असोज ३० देखि ९० दिनसम्म लिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 
अफरअन्तर्गत पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटिटिएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी सय मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । 
एफटिटिएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबिपिएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको एक हजार दुई सयको प्याकलाई एक हजार, तीन हजार चार सयको प्याकलाई तीन हजार, ६ हजार चार सयको प्याकलाई पाँच हजार पाँच सय र १२ हजार तीन सयको प्याकलाई अब १० हजार पाँच सय रुपैयाँमात्र पर्ने भएको छ ।
 

यसमा तपाईको मत