बजार संक्षेप

रारामा टेलिकमको फोरजी सेवा

  नागरिक   2019-12-08

काठमाडौं– नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । 
कर्णाली अञ्चलका पाँच जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ । सेवाको सुरुआतसँगै स्थानीय व्यवसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रवद्र्धन तथा प्रचार गर्न सहज भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
समुद्री सतहभन्दा २९ सय ७२ मिटर उचाइमा रहेको उक्त क्षेत्रमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको भन्दै कम्पनीले अब ती पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिलाई प्रत्यक्ष प्रसारण समेत गर्न सक्ने जनाएको छ । 

यसमा तपाईको मत