बजार संक्षेप

टि.सि.एलको " बडा अफर थाइल्याण्डको सफर "

  नागरिक   2019-09-05

काठमाडौँ- विश्वको टप २ टि.भि.ब्राण्ड टि.सि.एलले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ। “बडा अफर थाइल्याण्डको सफर” नाम दिइएको यो योजनामा टि.सि.एल. ब्राण्डका उत्पादनहरु जस्तै एल. इ. डि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९, २०७६ देखि सिमित अवधिको लागि मात्र लागु हुनेछ भने नेपाल अधिराज्यभरमा रहेको टि.सि.एल. आउट्लेटहरुमा उपलव्ध रहेको जानकारी गराएको छ। 

यसमा तपाईको मत