अटो विशेष

टाटा टियागो एक्सजेड प्लस नेपालमा

    2019-06-24

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । 
रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्ट आकर्षक, झन्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी रहेको कम्पनीको दाबी छ ।
टाटा टियागो गाडीको भित्रको भाग वा इन्टेरियरमा स्पेसको एकदमै बुद्धिमानीपूर्वक प्रयोग गरिएको छ, जसमा एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लियरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउने कम्पनीले जनाएको छ । 
बिल्कुलै नयाँ स्पोर्टी १५ इन्च डुअल टोन एलोय पांग्राले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषतामा इलेक्ट्रिकल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रिप भएको, रियर हाई माउन्ट स्टप ल्याम्प र स्ट्म्याम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको छ ।
टाटा टियागो एक्सजेड प्लसमा इमोबिलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबिडीसहितको एबिएस जस्ता उच्चतम प्राविधिक विशेषता रहेका छन् । त्यसैगरी, आरामदायी यात्राको सुनिश्चितता गर्न भेरिन्टहरूमा मल्टी ड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषता छन् ।
टाटा मोटर्सका प्यासेन्जर भेहिकल्स, इन्टरनेसनल बिजनेसका प्रमुख सुजन रोय भन्छन्, ‘इम्प्याक्ट डिजाइनअन्तर्गत सार्वजनिक गरिएको हाम्रो पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नविन र विशेषताहरुले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ ।’ 
उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषता र अग्रणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्ने उनको दाबी छ । 
‘नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकलाई विभिन्न उत्कृष्ट विकल्प प्रदान गर्न पाएकोमा एकदमै खुसी छौं । यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौं,’ सिप्रदी टेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने । 
टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरु कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाइट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्यान्डर्ड वारेन्टी पनि छ । चार वर्ष वा ७५ हजार किलोमिटर जुन पहिला आउँछ साथै थप मिल्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ । 

यसमा तपाईको मत