भिडियो

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

  बिश्वास खनाल   2019-08-18

काठमाडौं– आउँदो नाडा अटो सो २०१९ मा टाटाले नयाँ एसयुभी गाडी ह्यारियरलाई एच फाइभ नाम दिएर नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ। ६ सिट क्षमताको उक्त गाडी ल्यान्ड रोभरसँग ८० प्रतिशतभन्दा बढी मिल्ने तथा न्यू लुक, सेफ्टी मेजर, स्टाइलिस, कम्फर्ट डिजाइन तथा डेकोरेसनमा उत्कृष्ट भएकाले नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वस्त रहेको टाटाका अन्तर्राष्ट्रिय बजार तथा बिक्री प्रमुख सुजन रायको भनाइ रहेको विज्ञप्तिमा उल्लेख छ।
सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सले विद्युतीय सवारीका तिन मोडल पनि चाँडै बजारमा ल्याउने जनाउँदै उक्त एसयुभी गाडीको सुरु मूल्य ६५ लाख रुपैयाँभन्दा माथि पर्ने जनाएको छ । नाडा अटो सोमा बुकिङ खुला गर्ने उक्त गाडी  दसैंसम्ममा ग्राहकको हातमा पर्नेछ । 

यसमा तपाईको मत