अटो विशेष

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

  नागरिक   2019-09-18

काठमाडौं– टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । 
नेपालभर रहेका तीन च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरमध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर्स उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उसलाई सम्मानस्वरुप टाटा एचफाइभ प्रदान गरेको छ ।
उक्त कार्यक्रममा टाटा मोटर्सका आइबी हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले गाडीको हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टसलाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराइदिएकोमा अरु जिम्मेवार भएर काम गर्न अनुरोध गरे ।

यसमा तपाईको मत