बजार संक्षेप

टान कार्यसमितिको पदबहाली

  नागरिक   2019-09-20

काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।
टानका निर्वतमान अध्यक्ष नवराज दाहालले नवनिवार्चित अध्यक्ष खुमबहादुर सुवेदी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेका छन् । भदौ २० गते भएको टान निर्वाचनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको थियोे । टानका प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराएका थिए ।
उक्त कार्यक्रममा अध्यक्ष सुवेदीले सम्पूर्ण पर्यटन व्यवसायीको भावना बमोजिम परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । पदयात्रा क्षेत्रमा अनेक चुनौती र सम्भावना रहेको उल्लेख गर्दै उनले निर्वाचनका दौरानमा दुई समूहबीच प्रस्पिर्धा भए पनि व्यवसायीको साझा उद्देश्य भएकाले सबैको सल्लाह बमोजिम संस्थालाई अघि बढाउने उल्लेख बताए ।
टानका निवर्तमान अध्यक्ष नवराज दाहालले आफ्नो नेतृत्वको कार्यसमितिले परिस्थितिबस महŒवपूर्ण काम गरेको दाबी गर्दै कतिपय कामको प्रतिफल अबको केही दिनभित्रै देखिने जनाए । साथै उक्त अवसरमा निवर्तमान अध्यक्ष दाहालले नवनिर्वाचत अध्यक्ष सुवेदीलाई टान सचिवालयको चावी, निवर्तमान महासचिव आङपेम्बा शेर्पाले नवनिर्वाचत महासचिव सरिता लामालाई टान कार्यसमितिको फाइल र निवर्तमान कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले नवनिर्वाचत कोषाध्यक्ष ऋतु ग्याम्दानलाई कोषको सम्पूर्ण खाता हस्तान्तरण गरेका थिए ।
 

यसमा तपाईको मत