बजार संक्षेप

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

  नागरिक   2020-01-19

काठमाडौँ- नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको भव्य उद्घाटन गरेको छ। सिम्बोलिक फेसनको पहिलो आउटलेट बैशाख १ गते देखि मैतिदेविमा सञ्चालनमा रहेको छ । उक्त फेसन स्टोरको  दुवै आउटलेटहरुमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। साथै Nike, Adidas, Reebok, Erke जस्ता ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध रहेको जनाएको छ। उक्त स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेज तथा ईन्स्टाग्राम मार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ भने देशैभरी घरैमा बसीबसी अर्डर गरी घर घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् । साथै Cash on Delivery, विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिको CEO ले बताएका जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टल symbolicfashion.com बाट समेत घरैमा बसि बसि सामान खरिद गर्न सकिने उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ। स्टोरले आफ्ना ग्राहकहरूलाई उच्च–गुणस्तरयुक्त सामान उपलब्ध गराउने र ग्राहकको फेसन आवस्यकता पुरा गर्न सक्षम हुनेछ छ भन्ने कुरामा कलाकार द्वयले वानेश्वर शाखा उद्घाटनको क्रममा बताएका छन् । कलाकार द्वयले २०२० को अन्त्यसम्म थप तीनवटा आउटलेट खोल्ने कम्पनीको योजनालाई पनि हौसला प्रदान गर्नुका साथै सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए ।
उद्घाटनको साथसाथै कम्पनीले २०७६ माघ ०३ गते बाट माघ १७ गते सम्म १५ दिनको लागी “ग्रान्ड ओपनिङ फेस्ट”  मनाउने भएको छ। यस अवधिभरि आउटलेटमा उपलव्ध सम्पूर्ण सामानहरुमा २५% ग्रान्ड ओपनिङ छुट दिने घोषण गरेको छ । साथै कम्पनीले सामाजिक संञ्जाल Facebook, Instagram मार्फत चेक–इन गर्नेहरूको लागि अतिरिक्त ५५ छुट कुपन प्रदान गरिने र उक्त कुपन कम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ । यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ । लकी ड्रमा भाग लिन ग्राहकहरूले कम्तिमा रु २,०००/– मूल्य बराबरको सामानहरू खरिद गर्नु पर्ने छ । दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८ः३० बजे Symbolic Fashion को अफिसियल फेसबुक पेज बाट फेसबुक लाइभ मार्फत घोषित गरिनेछ । दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनैपनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४०% Flat छुट पाइने समेत उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । साप्ताहिक लकी ड्रका दुई विजेताहरूको माघ १० र माघ १७ मा घोषणा गरिनेछ र विजेताहरूले MI Band 4 प्राप्त गर्नेछन्। त्यसैगरी मेगा लकी ड्र को तीन विजेता माघ १७ मा घोषण गरिने र पहिलो विजेताले 32” Videocon LED TV, दोस्रो विजेताले Cubot Nova Smart Mobile र तेस्रो विजेताले रु ५,०००/– को गिफ्ट भौचर पाउने कम्पनिद्वारा जारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत