अटो विशेष

नेपालमा सुपर बाइकहरु

  नागरिक   2018-06-05

हरेक वर्ष विश्वभरका बाइक उत्पादकहरुमा कसले सर्वश्रेष्ठ बाइक निर्माण गर्ने भन्ने कुराको प्रतिस्पर्धा हुन्छ जसबाट मोटरसाइकलहरुमा नयाँ आविष्कारहरु थपिन थाल्छ र यो प्रतिस्पर्धाले सुपरबाइक प्रति मोह भएकाहरुलाई लाभान्वित पार्छ | नेपालमा पनि विश्वव्यापी र ख्याती प्राप्त गरेका थुप्रै कम्पनीहरुले थुप्रै मोडलका सुपरबाइकहरु उपलब्ध गराएका छन् – यी मध्ये केहि कम्पनीहरु हुन् होन्डा, बेनेली, एप्रीलिया, डुकाटी आदि | यस्तै नेपालमा उपलब्ध भएका सुपरबाइकहरुको पावर, नेपाली बजार मूल्य र अन्य विविध कुराहरुको बारेमा जानकारी तल दिईएको छ:

डुकाटी पानिगेल R

नेपालमा उपलब्ध बाइकहरु मध्ये सबै भन्दा महँगो बाइक रहेको डुकाटी पानिगेल R सुपरबाइक सन् २०१५ मा नेपाल भित्रिएको थियो । यस बाइकमा डेस्मोसेडिसी स्ट्राडेल इन्जिनको प्रयोग गरिएको छ जसले यस बाइकलाई ३२५ किलोमिटर प्रति घण्टाको टप स्पिडसम्म पुग्न सहयोग पुर्याउछ ।

शुन्य देखि ९७ किलोमिटर प्रति घण्टाको स्पिडमा पुग्न यस बाइकलाई २.९८ सेकेन्डमा लाग्छ | उच्च टप स्पिड, टाइट ह्यान्ड्लिंग र राम्रो ब्रेकिंग सिस्टम भएको यस बाइकलाई विश्वभरिका विभिन्न मोटो रेसिंग प्रतियोगितामा पनि प्रयोग गरिएको छ| यस बाइकमा निम्न प्राविधिक विशेषताहरु  रहेका छन् :

 

इन्जिन १२८५  सिसि
पावर २०५ BHP  @ ११,५०० rpm
फ्युल क्षमता १७ लिटर
गियर ६-स्पिड
नेपाली बजार मूल्य नेरु ६८,००,०००/-

 

डुकाटी मल्टीस्ट्राटा

डुकाटीले सन् २०१० देखि नै डुकाटी मल्टीस्ट्राटाको निर्माण गर्दै आएको छ। हाल डुकाटीले यस बाइकको चारवटा बेग्ला बेग्लै संस्करणहरु उपलब्ध गराउदै आएको छ।  यसमा टेस्टास्ट्रेटा DVT इन्जिनको दोस्रो संस्करण प्रयोग गरिएको छ जसको पावर छ १६० BHP।

यस बाइकको टपस्पिड  २३३ किलोमिटर प्रति घण्टा रहेको छ । बाइक चलिरहेको बेलामा नै परिवर्तन गर्न मिल्ने गरि यस बाइकमा चारवटा ड्राईभिंग मोड समावेश गरिएको छ - हाइ स्पिडको लागि, स्पोर्टको लागि, शहरको लागि र अफ रोडको लागि। यो बाइक नेपालमा उपलब्ध सबैभन्दा महंगा बाइकहरु मध्ये एक हो। यसका  प्राविधिक विशेषताहरु यस प्रकार रहेका छन् :

इन्जिन  १२०० सिसि
पावर १६० BHP  @ ९,५०० rpm
गियर ६-स्पिड
फ्युल क्षमता २० लिटर
नेपाली बजार मूल्य नेरु ४५,००,०००/-

 

एप्रीलिया RsV4 Rr 

एप्रीलिया RsV4- एप्रीलियले नेपालमा बिक्रि गर्ने बाइकहरु मध्ये सबैभन्दा महँगो र शक्तिशाली बाइक हो । सन् २०१६मा अद्यावधिक गरेर यसमा अझ शक्तिशालि इन्जिन हालिएको थियो जुन नेपालमा पनि खरिदका लागि उपलब्ध छ |

यो बाइक सन् २०१६ देखि  एप्रीलियाको फ्ल्यागशिप बाइक रहेको RsV4 Rr थुप्रै रेसिंग प्रतियोगितामा प्रयोग गरिएको थियो| यसको टप स्पिड २८६ किलोमिटर प्रति घण्टा रहेको छ | १२ किलोमिटर प्रति लिटर मात्र माइलेज दिने यस बाइकका प्राविधिक विशेषताहरु यस प्रकार रहेका छन् :

इन्जिन १००० सिसि
पावर १९५.५ BHP @१३,००० rpm
गियर ६-स्पिड
फ्युल क्षमता १८.५  लिटर
नेपाली बजार मूल्य नेरु ३५,००,०००/-

 

होन्डा Cbr 1000RR Fireblade

सन् २०१७ मा फाएरब्लेड सिरीजको २५औ बार्षिक उत्सबको अवसरमा  रिलिज भएको होन्डा Cbr 1000RR Fireblade यस बाइकको सबै भन्दा उन्नत संस्करण हो । यसमा १००० सिसिको इन्जिन राखिएको छ र यसको तौल १९६ किलोग्राम रहेको छ | यस बाइकको  टप स्पिड लगभग ३०० किलोमिटर प्रति घण्टा रहेको छ |



 

यो मोडल होन्डाले नेपालमा उपलब्ध गराउने बाइकहरु मध्ये सबैभन्दा शक्तिशाली र महँगो बाइक हो । यस बाइकमा निम्न प्राविधिक विशेषताहरु रहेका छन् :

इन्जिन ९९८ सिसि
पावर १८९ BHP @१३,००० rpm
गियर ६-स्पिड
फ्युल क्षमता १६  लिटर
नेपाली बजार मूल्य नेरु ३१,००,०००/-

 

डुकाटी मोन्स्टर 821 

सन् २०१० मा पहिलो पटक विश्वव्यापी सुपरबाइक निर्माता डुकाटिको बाइकहरु नेपाल भित्रिएको थियो । उक्त समयमा डुकाटीले आफ्नो मोन्स्टर सिरिज कै बाइक नेपालमा भित्र्याएको थियो ।

डुकाटी मोन्स्टर डुकाटीले उपलब्ध गराउने नेकेड अर्थात् इन्जिन बाहिरबाटै देखिने विश्व प्रचलित बाइक हो | डुकाटीले हरेक वर्ष डुकाटी मोन्स्टरका केहि नयाँ मोडलहरु विश्वबजारमा ल्याइरहेको हुन्छ | नेपाली बजारमा निकै ख्याती कमाएको यस बाइकको प्राविधिक विशेषताहरु यस प्रकार रहेका छन् :

इन्जिन ८२१ सिसि
पावर १०७ BHP @९,२५० rpm
गियर ६-स्पिड
फ्युल क्षमता १७.५   लिटर
नेपाली बजार मूल्य नेरु २६,००,०००/-

 

बेनेली TNT 600 GT 

बेनेली TNT 600 GT एक मध्यम वर्गीय स्पोर्ट्स - टुरिंग  बाइक हो जुन TNT 600i मा आधारित  निर्माण गरिएको हो । यो बाइक घुम्न र रेसिंग दुवै रुचाउनेहरुलाई ध्यानमा राखेर बनाइएको बाइक हो | ठूलो २७ लिटरको फ्युल ट्यांकी भएको यस बाइकले  लामो दुरीको यात्रा गर्न सजिलो बनाउछ | 

सन् २०१५ मा लन्च गरिएको नया बेनेली बाइकहरु मध्येको एक पर्ने यस बाइकको नेपाली बजार मूल्य नेरु  १६,००,००० रहेको छ । १९ किलोमिटर प्रति लिटर माइलेज रहेको यस बाइकमा निम्न प्राविधिक विशेषताहरु रहेको छ :

 

इन्जिन ६०० सिसि   
पावर ८२.७  BHP @ ११,५०० rpm
गियर ६-स्पिड
फ्युल क्षमता  २७   लिटर
नेपाली बजार मूल्य नेरु १६,००,०००/-

 

यसमा तपाईको मत