बजार संक्षेप

सनराइज–सिर्जना सहमति

  नागरिक   2020-01-24

काठमाडौं– सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ ।
उक्त सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी साधारणसभाबाट स्वीकृति भएबमोजिम सिर्जना फाइनान्सका विद्यमान सेयरधनीलाई सेयरबापत स्वीकृत अनुपात अनुसार बैंकको सेयर दिइने बताइएको छ ।
बैंकले एक सय ३० शाखा तथा आठ एक्सटेन्सन काउन्टर र फाइनान्सले २१ शाखामार्फत सेवा दिँदै आएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत