बजार संक्षेप

सनफ्लोको उपहार हस्तान्तरण

  नागरिक   2019-12-06

काठमाडौं– सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी स्वस्तिक आयल इन्डस्ट्रिजले जनाएको छ । नेपालगन्ज, त्रिभुवन चोककी पूजाकुमारी बैशलाई हिराको हार र जनकपुर रामानन्द चोकका रामविनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, काठमाडौंका हरिप्रसाद पराजुली र मोरङ, पथरीका दुर्गामाया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ । योजनाको दोस्रो लक्की ड्र विजेताको नाम टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको कम्पनीले जनाएको छ । 

यसमा तपाईको मत