बजार संक्षेप

सुन्धारा क्लिनिक सञ्चालनमा

  नागरिक   2019-09-15

काठमाडौं– काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । क्लिनिक सञ्चालनका अवसरमा दुई हप्तासम्म निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने जनाएको छ । 
उद्घाटनका अवसरमा शनिबार क्लिनिकमा एक सयभन्दा बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लिनिकले जनाएको छ । क्लिनिक उद्घाटन कार्यक्रममा लेट मी इन कोरियन एस्थेटिक हस्पिटलमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डा. अनिलकुमार भट्ट र नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डा. उमा केयाल स्वस्थ्य परीक्षण गरेका थिए । 
क्लिनिक उद्घाटन राप्रपाका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले गरेका थिए । सो अवसरमा सांसदले लिङ्देनले क्लिनिकले गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने विश्वास व्यक्त गरे । युवाशक्ति पलायन भइरहेका बेला केही युवाहरुले मुलुकमै केही गर्नुपर्छ भन्ने भावना राखेर क्लिनिक सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘मुलुकमा रोजगारीको अवसर युवा स्वयंले गर्नुपर्छ,’ उनले भने, ‘मुलुकमा रोजगार बन्ने अवसरहरु धेरै छन् ।’
क्लिनिकमा जनरल स्वास्थ्य सेवा, छाला, यौन रोग तथा सौन्दर्य सेवा, हाडजोर्नी तथा नशा, बालबालिका, महिला तथा प्रसूति सेवा, नाक, कान, घाटीसम्बन्धी, आखा तथा दात, मधुमेह, थाइराइड, मुटुरोगलगायत फिजियोथेरापी सेवा प्रदान गरिने सञ्चालक पार्वती बोगटीले बताइन् ।
 

यसमा तपाईको मत