अटो विशेष

सुजुकीको दसैं अफर

  नागरिक   2021-09-07

सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले दसैं आयो उमंग छायो क्यास ब्याकको साथै बम्पर पायो उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा एक लाख रूपैयाँसम्म क्यास ब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रूपमा सुजुकी Intruder बाइक पाउने कुरा पक्का रहेको छ।

साथै एक वर्षको सडक कर फाइनान्स र एक्सचेन्ज को सुबिधा सहित रहेको कम्पनीले जनाएको छ।

“दशैं आयो उमंग छायोक्यासब्याक को साथै बुम्पर पायो” अन्तर्गत ग्राहकले बिना कुनै झन्झट हरेक खरिदमा १०००० पक्का जित्ने मौका क्यासब्याक पाउनेछन् हरेक दुइ हप्तामा फेसबुक लाईभबाट बम्पर पुरस्कारको रुपमा Intruder बाइक जित्ने छन्।

यसमा तपाईको मत