अटो विशेष

नेपाली सडकका लागि उपयुक्त एसयुभीका विकल्पहरु

  नागरिक   2018-06-24

एसयुभी (SUV) अर्थात् स्पोर्ट यूटीलिटी व्हेकल त्यस्ता कार हुन् जसलाई मुख्यतः अफ् रोडमा चलाउनका लागि प्रयोग गरिन्छ । स्पोर्ट अर्थात् खेल र मनोरन्जन र यूटीलिटी अर्थात् काम कार्य दुवैका लागि उचित हुने यस गाडीको प्रकारमा फोर व्हिल ड्राइव, राम्रो सडक पकड, उच्च इन्जिन पावर, सटिक ह्यान्डलिंग, उच्च ग्राउण्ड क्लियरेन्स र बलियो चेसिस समावेश गरिएको हुन्छ र यिनै विशेषताले गर्दा कठिन भूभागमा एसयुभी निकै प्रयोग गरिन्छ ।

एसयुभी चार प्रकारका हुन्छन - कम्पेक्ट,फुल साइज, प्रिमियम र लक्जरी एसयुभी । कम्पेक्ट एसयुभी सानो र उर्जा खपतमा कुशल हुन्छन । यसमा ५ जना यात्रुका लागि सिट हुन्छ र कार्गो स्पेस पनि खासै धेरै हुदैन । फुल साइज एसयुभीको लम्बाइ ४ मिटरभन्दा बढी हुन्छ । यसमा ८ जना सम्मको यात्रु क्षमता हुन्छ र निकै शक्तिशाली इन्जिन हुन्छ । प्रिमियम र लक्जरी एसयुभी भने फुल साइज एसयुभी नै हुन् जसमा विशेष फिचरहरु थपिएका हुन्छन । तुलनात्मक रुपमा लक्जरी एसयुभी अन्यभन्दा निकै महँगो हुनेगर्छ ।

नेपालमा कयौ वर्षसम्म त अधिकतम ग्रामिण क्षेत्रमा एसयुभी नै मुख्य सार्वजनिक यातायातको विकल्प थियो । यसरी पहिल्यैबाट नेपालमा एसयुभीको प्रयोग गर्नु पछाडीको कारण हो - नेपालको भौगोलिक बनोट । नेपालको भौगोलिक बनोटसंग सान्दर्भिक हुने र शक्तिशाली लक्जरी गाडी रुचाउनेहरुको पहिलो रोजाइ एसयुभी हो । काम कार्यका लागि होस् या शौकका लागि सवारी साधन किन्दा धेरैको रोजाइ एसयुभी नै छ ।

नेपालमा थुप्रै कम्पनीहरुले आफ्नो एसयुभीहरु विक्री वितरण गर्छन र सबै मोडलका आफ्ना आफ्नै फाइदा बेफाइदा रहेका छन् । नेपाली बजारमा सान्दर्भिक रहेका २०१८ मा नयाँ र अद्यावधिक भइ उपलब्ध हुने केहि कम्पेक्ट र फुलसाइज एसयुभी मोडलहरुको जानकारी तल प्रस्तुत गरिएको छ :

 

१. जीप कम्पास

 

एसयुभीको जगतमा चिरपरिचित ब्रान्ड जीपले एसयुभी निर्माण गरेर बिक्रि गर्न थालेको लगभग ८० वर्ष हुन लागिसकेको छ । पश्चिममा निकै प्रचलित र नेपालमा धेरैबाट प्रतिक्षा गरिएको जीपको कम्पास एमएडब्ल्यु इन्टरप्राइजेजले यो वर्षदेखि नेपाली बजारमा उपलब्ध गराउने भएको छ । 

 

जीप कम्पास एक मध्यम वर्गीय कम्पेक्ट बडीमा फुल साइजको पावर भएको एसयुभी हो जसका पाँचवटा मोडलहरु रहेका छन् । भारतमै उत्पादन हुने यस मोडल गत वर्ष भारतमा मात्रै  २० हजारभन्दा बढी संख्यामा बिक्री भएको थियो । प्रतिश्प्रधीहरुलेभन्दा धेरै ग्राउण्ड क्लियरेन्स र पावर यस गाडीले प्रदान गर्छ । अटोमेटिक ट्रान्समिसन, पार्किंग सेन्सर, ट्राक्सन कन्ट्रोल, एबिएस, सेफ्टी एअरब्याग आदिजस्ता विविध मोडर्न सुविधाहरु एकै प्याकेजमा प्रदान गरेर जीप कम्पास प्रतिस्पर्धाभन्दा अगाडी छ ।  यस भित्र ड्यासबोर्डमा बहुउद्देश्यीय टच स्क्रिन राखिएको छ जसबाट मल्टिमेडिया लगायत न्याभिगेसन सम्बन्धि कामहरु सजिलैसंग गर्न मिल्छ ।

 

इन्जिन १९५६ सिसि - १७० HP पावर @ ३७५० rpm (डिजेल)
सिट क्षमता ५ सिट
गियरबक्स
ग्राउण्ड क्लियरेन्स २०८ मिमि


 

 

२. महिन्द्रा स्कारपियो

सन् २००२ देखि भारतीय कम्पनी महिन्द्राले बिक्रि गर्दै आएको स्कारपियो नेपालमा निकै प्रचलित एसयुभी हो । सन् २०१४ मा महिन्द्राले रिडिजाइन गरेर स्कारपियोको  नयाँ मोडल रिलिज गरेको थियो ।  यस पछि महिन्द्राले २०१८ मा पनि नयाँ मोडलको स्कारपियो रिलिज गरेको छ ।

 

 

यो एसयुभी निकै बलियो तरिकाले निर्माण गरिएको छ तर १६ वर्ष देखि एकै डिजाइन प्रयोग गरिएकाले स्कारपियोको डिजाइनलाई आउटडेट भएको मान्न सकिन्छ । हालै रिडिजाइन भएको कारको पनि अघिल्लो भागमा मात्र सिमित थियो, मुख्य बडीमा खासै डिजाइन परिवर्तन भएको छैन। यसमा भएको ७ वटा सिट भने ठूला परिवारका लागि उचित हुन्छ । नयाँ मोडलहरुमा क्र्यास सेन्सर, पार्किङ्ग सेन्सरहरुजस्ता मोडर्न फिचर समावेश गरिएको छ भने चालक र यात्रु दुवैका सुरक्षाका लागि एयरब्याग राखिएको छ ।  

 

इन्जिन २२००सिसि - १४० HP पावर @ ३७५० rpm (डिजेल)
सिट क्षमता ७ सिट
गियरबक्स
ग्राउण्ड क्लियरेन्स १८० मिमि


 

 

३. ह्युनड्याई क्रेटा

क्रेटा पहिलो पटक सन् २०१४ मा कोरियन कम्पनी ह्युनड्याईले रिलिज गरेको थियो । यस पछि २०१५ र २०१८ मा यसका नयाँ संस्करण बजारमा उपलब्ध भए । सन् २०१५ बाट उपलब्ध भएको यस एसयुभी नेपालमा पनि निकै प्रचलित छ ।

 

क्रेटा एक मध्यम वर्गीय ५ सिट क्षमता भएको एसयुभी हो । यसलाई ix२५ का नामले पनि चिनिन्छ । यसका तीन भीन्न मोडलहरु रहेका छन् । यस गाडीले मूल्य र फिचरको सहि सन्तुलन मिलाएको छ । पार्किंग एस्सिस्ट सेन्सर, दिन रात दुवैमा प्रयोग गर्न मिल्ने रिअर भ्यू ऐना र ड्यासबोर्डमा टच स्क्रिन मल्टिमेडिया न्याभिगेसन आदि जस्ता मोडर्न फिचरहरु यसमा पनि राखिएको छ । सुरक्षाका लागि चालक र यात्रु दुवैका लागि एयरब्याग, गाडीको सन्तुलन मिलाउने सिस्टम र एबिएस जस्ता फिचरहरु पनि उपलब्ध छ । कम्पनीका अनुसार यस गाडीले एक लितर इन्धनमा २०.५ किलोमिटरको आकर्षक माइलेज दिन्छ ।

 

इन्जिन १५८२ सिसि - १२६ HP पावर @ ४००० rpm (डिजेल)
सिट क्षमता ५ सिट
गियरबक्स
ग्राउण्ड क्लियरेन्स १९० मिमि



 

४. रेनाल्ट डस्टर  

सन् २०१६ मा रेनाल्ट मार्फत डस्टरले नेपाली बजारमा प्रवेश गरेको थियो । उक्त समयमा डस्टरका साथ साथै रेनाल्टले आफ्नो क्विड मोडल पनि उपलब्ध गराएको थियो । दुई मोडल मध्ये डस्टर उपल्लो मोडलको थियो भने क्विड बजेट मोडल ।

 

रेनाल्ट डस्टर पनि एक मध्यम वर्गीय ५ सिट भएको एसयुभी हो र यस मूल्यको दायरामा सबैभन्दा आकर्षक एसयुभी डस्टर नै हो तर कटौती भने यसको इन्जिनको पावरमा गरिएको छ । प्रतिस्पर्धाभन्दा उल्लेखनीय रुपमा कम पावर भएको इन्जिन यसमा राखिएको  छ । फिचर र सुरक्षामा भने  सम्झौता गरिएको छैन -  यात्रु र चालकका लागि एयरब्याग, एबिएस, पार्किंग एस्सिस्ट सेन्सर, दिन रात दुवैमा प्रयोग गर्न मिल्ने रिअर भ्यू ऐना र ड्यासबोर्डमा टच स्क्रिन मल्टिमेडिया न्याभिगेसन जस्ता विशेष फिचर यसमा उपलब्ध छ ।

 

इन्जिन १४६१  सिसि - १०८ HP पावर @ ४००० rpm (डिजेल)
सिट क्षमता ५ सिट
गियरबक्स
ग्राउण्ड क्लियरेन्स २०५  मिमि 

 

 

 

५. टाटा सुमो गोल्ड


टाटा सुमो भारतीय कम्पनी टाटाले उपलब्ध गराउने सबैभन्दा प्रचलित बजेट एसयुभी हो । अन्यभन्दा निकै थोरै बजार मूल्यले गर्दा यो एसयुभी नेपालमा पनि निकै प्रचलित छ । टाटाले सन् २०१८ का लागि पनि नयाँ अपडेट गरेको सुमो गोल्ड मोडल उपलब्ध गराएको छ ।

 

 

बजेट एसयुभी वा एम्युभी भएकाले यसमा अन्य एसयुभीको तुलनामा केहि कटौतीहरु गरिएको छ । यसको मूल्य कम राख्नलाई गरिएका सम्झौताहरुमा कम पावर भएको इन्जिन, आउटडेट भएको डिजाइन र थुप्रै सुरक्षा सम्बन्धि फिचरहरुको अनुपस्थिति रहेको छ । अन्य एसयुभीमा जस्तो यसमा एबिएस, पार्किंग सेन्सर, एअरब्याग आदि जस्ता मोडर्न फिचरहरु राखिएको छैन - यस्तै मोडर्न र सुरक्षाका फिचरहरुको कमिले गर्दा नै यो एसयुभीको मूल्य कम भएको हो ।

 

इन्जिन २९५६  सिसि - ८४ HP पावर @ ३००० rpm (डिजेल)
सिट क्षमता ७ सिट
गियरबक्स
ग्राउण्ड क्लियरेन्स १८२  मिमि 


 

यसमा तपाईको मत