बजार संक्षेप

चाँडै हिमालय मोटरक्रसको विधुतीय सवारी नेपाली बजारमा

  नागरिक   2020-01-16

काठमाडौँ- हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्रसले नेपाली बजारमा विधुतीय सवारी ल्याउन लागेको हो। नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने निती अनुरुप हिमालय मोटरक्रसले विधुतबाट सञ्चालन हुने सार्वजनिक/ निजी/ पर्यटकीय / स्कूल बस अब चाँडै बजारमा ल्याउँने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। हाल नेपालमा डिजेल तथा पेट्रोलबाट सञ्चालनमा आउने सार्वजनिक यातायातले अत्यधिक वायु प्रदुषण भइरहेको छ। यसको प्रयोग पश्चात त्यहि वायुप्रदुषणका कारण क्यान्सर, मिर्गौला, मुटुरोग जस्ता जटिल रोगको शिकार भई अकालमा ज्यान गुमाउनु परिरहेको छ । नसर्ने रोगको कारक तत्वको रुपमा बायु प्रदुषण पनि हो । यातायातको साधनबाट निस्कने धुवाँबाट अत्याधिक प्रदुषण हुन्छ भन्ने यहाँहरुलाई विदितै छ । यातायात बाट हुने प्रदुषणको शिकार उपत्यका लगायत देशका प्रमुख शहरहरुमा पनि सहिरहेको छ । 
  हिमालय मोटरक्रसले ल्याउने विधुतबाट सञ्चालन हुने सार्वजनिक/ निजी/ पर्यटकीय / स्कूल बसले वातावरणलाई समेत सहज गर्ने छ। यी सवारी कम्तिमा १५ सिट देखिका माक्रोबस र ४२ सिटसम्मका बसहरु हुने छन् साथै कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ । विधुतीय सवारी नेपालमा नआएका होइनन् तर त्यसको प्रयोग पश्चात फोहोर हुने र यसलाई व्यवस्थापन गर्न नसकिएको वर्तमान परिप्रेक्षमा यस कम्पनीले ब्याट्रीलाई पुनः रिसाइकल गरी प्रयोग गर्न सकिने साथै ब्याट्रीको ग्यारेन्टी  २० वर्ष रहेको थापाले जानकारी गराए। 
हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्रसले बजारमा ल्याउन लागेको विधुतीय सवारी अष्ट्रेलियन टेक्नोलोजी द्धारा निर्मित छ यो सवारीलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्दछ । साथै यो बसले Guinness book of world recordsमा एक पटक फुल चार्ज गरिसकेपछि एक हजार अठार किलोमिटर सम्म गुडाएर रेकर्ड कायम गरेको छ । कम्पनीले मुख्य गरी सार्वजनिक/ निजी/ पर्यटकीय / स्कूल तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरण मैत्री समेत रहेकोले ग्राहकहरुका लागि उपयुक्त हुने विश्वास गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत