बजार संक्षेप

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

  नागरिक   2019-11-22

काठमाडौ– लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ ।
कम्पनीले जिएफआई सर्भिसको नाममा बिहीबार काठमाडौंको गुर्जुधारास्थित एसएमएल इसुजु फ्ल्यागसिप थ्री–एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । उक्त सेवा केन्द्रमा बिक्री, स्पेयर पार्ट्स, पिडिआई केन्द्र र स्टक यार्डको लागि छुट्टाछुट्टै शाखा समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस थ्री–एस सेन्टरमा गाडी मर्मतका लागि पर्याप्त मात्रामा आधुनिक उपकरण, योग्य प्राविधिक तथा अनुभवी इन्जिनियरको व्यवस्था रहेको कम्पनीको दाबी छ ।
सेवा सञ्चालनमा आएसँगै प्रतिदिन १८ भन्दा बढी सवारी साधनको सेवा प्रदान हुने पनि कम्पनीले जनाएको छ ।
उक्त अवसरमा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतीक्षा गरिएको नयाँ ग्लोबल सिरिज ट्रक र ट्रिपर पनि सार्वजनिक गरेको छ । 
लक्ष्मी कमर्सियल भेहिकल लक्ष्मी गु्रपको सहायक कम्पनी हो । यो कम्पनी अब नेपालको लागि एसएमएल इसुजु सवारी साधनको अधिकृत वितरक हो ।
कम्पनीले नेपालभर ग्राहकलाई उत्कृष्ट बिक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको जनाएकोे छ ।
 

यसमा तपाईको मत