घर निर्माण विशेष

घरमा स्मार्ट लाइट

  नागरिक   2019-02-14

स्मार्ट लाइट खरिद गरेर घरमा जडान गर्नु नै स्मार्ट घर निर्माण गर्ने पहिलो कदमका रुपमा हेर्न सकिन्छ ।  स्मार्ट लाइट भन्नाले अटोमेटिक अन अफ् हुने देखि अन्य थुप्रै स्मार्ट फिचरहरु भएको लाइट बल्बलाई बुझिन्छ ।  


स्मार्ट लाइटले कसरी काम गर्छ ?

स्मार्ट लाइटहरु साधारण लाइट नै हुन तर यिनीहरु इन्टरनेटमा जडान गरिएका हुन्छन् ।  कुनै स्मार्ट लाइट तपाईंको घरको वाईफाईमा जडान भएर स्वत: काम गर्न सुरु हुन्छ भने कुनैलाई बेग्लै उपकरणको आवश्यकका पर्छ ।  स्मार्ट लाइटलाई घरको नेटवर्कमा जडान गरिसकेपछि स्मार्टफोनमा सम्बन्धित एप डाउनलोड गर्नुपर्ने हुन्छ ।  उक्त एपबाट नै स्मार्टलाइटलाई कन्ट्रोल गर्न सकिन्छ ।  कुनै कुनै स्मार्ट लाइटहरु ब्लुतुथबाट पनि प्रयोग गर्न सकिन्छ तर यस्ता स्मार लाइटलाई अलि टाढा बाट नियन्त्रण गर्न मिल्दैन, स्मार्टफोन स्मार्ट लाइटको नजिकै हुनु पर्छ ।  केहि स्मार्ट लाइटमा भने उक्त स्मार्ट लाइटको आफ्नै रिमोट हुन्छ ।


किन किन्ने स्मार्ट लाइट?

स्मार्ट लाइटको प्रयोगबाट तपाईंले अब कहिल्यै पनि बत्ती निभाउन र बाल्नलाई सम्झनु पर्दैन किन कि स्मार्ट लाइटहरु तपाईं घर बाहिर जादा स्वतः बन्द हुन्छ भने तपाईं घर फिर्ता आउदा आफै सुचारु हुन्छ ।

यी लाइटहरुलाई  तपाईंले घर को वाई फाईमा जोडेर आफू घरमा नभएको बेलामा पनि सो लाइटहरुलाई सम्बन्धित एपको प्रयोगबाट नियन्त्रण गर्न सक्नुहुन्छ ।

स्मार्ट लाइटहरु सबै LEDले बनेको हुनाले यसको विद्युत खपत पनि निकै कम हुन्छ ।

स्मार्ट लाइटले समयको आधारमा लाइटको चहकलाई स्वतः बढाउन र घटाउन सक्छ । र लाइटको रंग पनि बदल्न सक्छ ।  

स्मार्ट लाइटलाई स्मार्ट स्पिकरसंग जडान गरेर आफ्नो आवाजले नै नियन्त्रण गर्न सक्नुहुन्छ ।  स्मार्ट स्पिकर अन गर्न, अफ् गर्न, चहक घटाउन वा बढाउन जस्ता कामहरु बोलेर  नै गर्न सक्नुहुनेछ ।  

फिलिप्सको ह्यु स्मार्ट लाइट, सामसुंगको स्मार्टथिन्ग्स आदि भने यसका उदाहरणहरु हुन् ।

 

नेपालमा स्मार्ट लाइट

नेपाली बजारमा पनि थुप्रै ब्राण्डका स्मार्ट लाइटहरु उपलब्ध छन् तर यिनको प्रयोग भने निकै न्यून नै छ ।  प्रयोग न्यून हुनुको मुख्य कारण हो स्मार्ट लाइटको चर्को मूल्य ।  स्मार्ट लाइट सस्ता हुदैनन् - यिनीहरुलाई साधारण बलब भन्दा ५ देखि १० गुणासम्म महँगो पर्न सक्छ ।  

सायोमीले हाल आफ्नो वेबसाइटमा फिलिप्सको स्मार्ट बल्बलाई नेरु १८०० मा बिक्रि गरिरहेको छ ।  प्लेबल्बको स्मार्ट लाइटको नेपाली बजार मूल्य २४०० रहेको छ ।  

 

यसमा तपाईको मत