बजार संक्षेप

सिथोसको एआई सेवा नेपालमा

  नागरिक   2019-10-21

काठमाडौं– अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । नेपालको बैंकिङ क्षेत्रमार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी कम्पनी नेपाल भित्रिएको हो ।
सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिङ प्रणालीमा रिस्क मेनेजमेन्ट, ह्याकिङ लगायतका समस्या न्यूनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ । 
कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्समार्फत ग्राहकलाई सेवा दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत