बजार संक्षेप

सिगुले पाए एनसेलको दुई लाख

  नागरिक   2019-12-06

काठमाडौ– एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार एक कार्यक्रम गरी दुई लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । पाँचथरका सिगु यस योजनाअन्तर्गत पहिलो हप्ताका पाँच विजयीमध्ये एक हुन् । 
आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि सञ्चालन गरिरहेको छ । योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् । 
योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकमध्ये बिहीबार सिगुले एनसेल सेन्टर कुमारीपाटीबाट दुई लाख नगद पुरस्कार ग्रहण गरे । पेसाले सिकर्मी सिगुले नगद पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै उक्त रकमले आफ्नो बंगुर फार्ममा थप लगानी गर्ने योजना सुनाए । 
यसैगरी, यसै योजना अन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणीकरण भएका एक ग्राहकलाइ छिट्टै बिर्तामोडबाट दुई लाख नगद हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । मंसिर १६ मा घोषित दोस्रो हप्ताका पाँच विजयीमध्ये तीनजना प्रमाणीकरण प्रक्रियामा रहेको र एकजना योजनाको सर्तबमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेस्रो हप्ता उक्त ग्राहकको स्थानमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिने कम्पनीले जनाएको छ । 

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गरे साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको नाम घोषणा गरिने कम्पनीले जनाएको छ । 
ग्राहकहरुले सय रुपैयाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक सय रुपैयाँ बराबर एक विषेश कोड एसएमएस मार्फत पाउँछन् । त्यही कोड नम्बर समावेश गरेर लक्की ड्रमार्फत विजेता चयन हुन्छ । 
प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने कम्पनीको भनाइ छ । योजनाको लक्की डङ प्रत्येक सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पु¥याई प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत