बजार संक्षेप

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

  नागरिक   2019-09-18

काठमाडौं– सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत) गरी २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत