बजार संक्षेप

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

    2019-05-26

काठमाडौं -“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंक लिमिटेडले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले गर्नुभयो ।

 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले नेपाललाई समृद्धि तर्फ लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गर्नुभयो । कन्काईमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि वहाँले खुशी व्यक्त गर्नुभयो ।


सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले बताउनु भयो ।
सिभिल बैंकको सुरुङ्गा शाखासहित यस बैंकको कुल शाखा संख्या ७५ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत