बजार संक्षेप

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

  नागरिक   2019-10-16

काठमाडौं– भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट गत असोज ९ गते दुवै संस्था प्राप्त गर्न स्वीकृति पाएको बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।
गत जेठमा प्राप्ति र एक्विजिसनसम्बन्धी पत्रमा हस्ताक्षर गरेको बैंकको चुक्तापुँजी दुई अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल १० जिल्लामा बैैंकिङ सेवा दिँदै आएको छ । एक्विजिसनपछि कायम हुने पुँजीको चार बराबार एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भइसकेको बैंकले जनाएको छ। 
 

यसमा तपाईको मत