बजार संक्षेप

कुमारी बैंकका सात शाखा थपिए

  नागरिक   2019-10-04

काठमाडौँ – कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । बैंकले काठमाडौँको नयाँ वानेश्वर, कीर्तिपुर, काभ्रेको बनेपामा शाखा उद्घाटन गरेको छ । 
त्यस्तै, नवलपरासीको गैंडाकोट, बाराको जितपुर, चितवनको पुरानो पर्सा, पर्साको सिर्सियामा शाखा उद्घाटन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बैंकले एक सय सात शाखा, ९३ एटिएम, आठ शाखारहित बैंकिङ एकाइ र तीन एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत